उत्तेजना फैलाउने ट्रम्पको आलोचना !


वासिंगटन पोस्ट, (एजेन्सी)

सामाजिक सन्जाल प्लेटफर्म स्न्यापच्याटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोस्टलाई प्रोत्साहन नगर्ने भएको छ । राष्ट्रपतिका टिप्पणी नस्लिय हिंसा भडकाउने खालको भएको स्न्यापच्याटले जनाएको छ ।

गत मे २५ मा अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरीको हातबाट हत्या भएपछि अमेरिकामा देशब्यापी हिंसा भड्केको छ ।

देशमा भइरहेको विरोध प्रदर्शनलाई लिएर राष्ट्रपति ट्रम्पबाट हुने गरेका टिप्पणी उत्तेजना फैलाउने प्रकृतिको भएकोमा त्यसको आलोचना भइरहेको छ । फ्लोयडको मृत्यु भएको अर्को दिन नै उक्त घटनामा संलग्न सबै चार प्रहरी अधिकृतलाई बर्खास्त गरेको थियो ।

अमेरिकी प्रहरी अधिकारीले जर्जलाई नियन्त्रणमा लिने क्रममा ८ मिनेट ४६ सेकेन्डसम्म घुँडाले घाँटी अठ्याइराखेका थिए । सास फेर्न नसकेपछि उनको मृत्यु भएको थियो । यस घटनाको एक भिडियो भाइरल भएको थियो ।

यसबीच राष्ट्रपति ट्रम्पले मंगलबार आफनो सरकारले पुर्व राष्ट्रपति अब्राहम लिंकनपछि अश्वेत समुदायका लागि सबैभन्दा धेरै काम गरेको बताएका थिए ।

उनले भने- ‘अश्वेतलाई कलेजको कोषको ग्यारेन्टी दिएको, क्रिमिनल जस्टिस रिफर्म ल्याएको छु । देशमा अश्वेत बेरोजगारी, गरिबी र अपराध दर सबैभन्दा कम छ ।’