हङकङबासी बेलायती बन्न सक्ने


लन्डन, (एजेन्सी)

बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले यदि चीनले आफ्नो विशेष प्रशासकीय क्षेत्र हङकङमा नयाँ सुरक्षा सुरक्षा कानुन लागू गरेको खण्डमा बेलायतले आप्रवास कानुन परिवर्तन गरी हङकङका लाखौं बासिन्दालाई बेलायतको नागरिकता लिने माग खोल्ने बताएका छन् ।

दि टाइम्सलाई जोहन्सनले बेलायतसँग यस भूमिसँग सम्बन्ध कायम राख्नेबाहेक अन्य कुनै विकल्प नरहेको बताएका छन् । चीनले आफ्नो प्रस्तावित कानुनलाई लिएर निकै आलोचना खेपिरहनुपरेको छ ।

हङकङबासीहरू यदि त्यो कानुन लागू भएमा चीनको अन्य कतै पनि नभएको अनुपम स्वतन्त्रताबाट आफूहरू वञ्चित हुनुपर्ने हो कि भनेर त्रसित रहेका छन् ।