कोरोना संक्रमणका कारण दोलखाका एक पुरुषको मृत्यु

0
Shares

भगवती तिमल्सिना,काठमाडौँ ।

कोरोना संक्रमणसँगै दोलखाका ७६ बर्षका एक पुरुषको आज त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी गराउनुभयो ।

संक्रमित पुरुष काठमाडौ मेडिकल कलेज (केएमसी) मा ब्रेन ह्यामरेज भएर ल्याईएको बिरामी हुनुहुन्थ्यो । केएमसीले उहाँको शल्यक्रिया सकि केएमसीले नै स्वाब संकलन गरि पिसिआर विधिबाट परिक्षण गर्दा कोरोना संक्रमण प्रमाणित भए लगतै यहि जेठ १४ गते त्रिवि शिक्षण अस्पताल पठाएको थियो ।

त्रिवि शिक्षण अस्पतालको आईसियू कक्षमा उपचारकै क्रममा आज उहाँको निधन भएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी गराउनुभयो । यो सम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.देवकोटाले जानकारी गराउनुभयो ।