दुई लाख घुससहित दुई अधिकृत अख्तियारको फन्दामा

0
Shares

न्युज अफ नेपाल,ताप्लेजुङ ।

अख्तियारको टोलीले सोमबार डिभिजन वन कार्यालय ताप्लेजुङका दुई जना सहायक बन अकिृतलाई दुई लाख घुससहित पक्राउ गरेको छ ।

सहायक वन अधिकृत जीवनकुमार यादव र सव–डिभिजन वन कार्यालय फुङलिङका सहायक वन अधिकृत वीरेन्द्रप्रसाद साहलाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनीहरूलाई एदुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

जडिवुटी निकासी छुटपुर्जी दिएवापत सेवाग्राहीसँग रकम मागेपछि उनीहरूलाई पक्राउ गरेको टोलीले जनाएको छ । एक–एक लाख (जम्मा दुई लाख) रुपैयाँ घुस माग गरेका उनीहरुलाई घुस रकमसहित डिभिजन वन कार्यालय परिसर ताप्लेजुङबाट पक्राउ गरेको अख्तियारले जनाएको हो ।