अमेरीकामा सैनिक परिचालन


वासिंगटन, (एजेन्सी)

अमेरिकामा कोरोना भाइरसको महामारी बीच अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युले मच्चिरहेको अर्को वितन्डा रोकिने नाम लिइरहेको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पले हिँसात्मक प्रदर्शनलाई लिएर प्रदर्शनकारीहरुलाई घरेलु आतंकवादाको संज्ञा दिएको छ ।

सेना परिचालन गर्ने राष्ट्रपतिको फैसलाको केही घन्टापछि नै सेनाले मार्चा सम्हालेको छ । त्यसपछि राजधानीमा हिंसाको कुनै समाचार आएको छैन । राष्ट्रपति ट्रम्पले ट्विटमा लेखे (गत राती वासिंगटन धर्तीकै सबैभन्दा सुरक्षित स्थान थियो ।

यसबीच अमेरिकाका २४ राज्यमा नेसनल गार्डका करिब १७ हजार सैनिक तैनाथ गरिएको छ । सैनिक परिचालन गरिएको जानकारी दिँदै प्रेस सचिवले भने ( देशमा कुल ३ लाख ५० हजार नेसनल गार्ड उपलब्ध छ र अराजकता रोक्न थप कदम चालिने छ ।

देशभरीका गभर्नरले जिम्मेवारी बहन गर्नु पर्नेछ । नेसनल गार्ड तैनाथ गर्नु पर्ने छ किनभने अमेरिकी समुदायलाई बचाउन आवश्यक छ ।

राज्यका गभर्न हिंस्रक प्रदर्शनकारीलाइ नियन्त्रण गर्न नेसनल गार्डको प्रयोग गर्दैन र शान्ति कायम राख्न असफल हुन्छ भने सडकमा सेना तैनाथको आदेश दिनेछ ।

फ्लोयडको निर्मम हत्या विरुद्ध भडक्ेको हिँसात्मक प्रदर्शन अमेरिकाको १ सय ४० सहरसम्म फैलिसकेको छ । यसबीच ह्वाइट हाउसले हिँसा, लुट, अराजकता र अब्यवस्थालाई छुट नदिने बताएको छ ।