फ्रान्सका राष्ट्रपति म्याक्रों श्रीमतीसँग डान्स गर्दै !


 पेरिस,(एजेन्सी) ।

अहिले विश्वभरि फ्रान्सका वर्तमान राष्ट्रपति इमान्युयल म्याक्रों र प्रथम महिला ब्रिगिट ट्रोँनेक्ससंगै नाच्दै गरेको भनिएको २३ वर्ष पुरानो भिडियो र तस्वीर भाइरल भइरहेको छ । त्यतिवेलाको सो भिडियोमा नाचिरहेका म्याक्रों नर्तकीको तुलनामा फुच्चे नै देखिन्छ ।

म्याक्रोंकी पत्नी ट्रोनेक्स पक्कै पनि उनी भन्दा चौबिस वर्षले जेठी भएकीले यसो हेर्दा त्यो भिडियो साँच्चकै पो हो कि जस्तो पनि लाग्न सक्छ । तर त्यो भिडियोमा देखिएका दुवै पात्र अर्कै रहेको पुष्टि भएको छ ।

वास्तवमा सो भिडियो सन् २०१३ मा फ्लाइ प्रोजेक्टले तयार पारेको ‘ टोका टोका ’ बोलको गीतमा जेन्ना र जेक नामक नर्तक र नर्तकीले प्रस्तुत गरेको टान्गो डान्स बलरुम हो ।

तिनीहरुले अमेरिकी टिभि सिरिज ‘ सो यु थिंक यु कयान डान्स ’ का लागि सो नृत्य प्रस्तुत गरेका थिए । अवश्य पनि मात्र १५ वर्षको उमेरमा म्याक्रोंले पेरिस स्थित प्रतिष्ठित बिद्यालय लिसे सेन्ट लुइस डि गान्जाग्युमा साहित्य विषय पढाउने शिक्षिकाको रुपमा ट्रोनेक्सलाई पहिलो पटक भेटेका थिए । उनलाई नाटक विधा पढाउने ट्रोनेक्सले बिद्यालयमा उनको पहिलो नाटकको निर्देशन पनि गरेकी थिइन् ।