कोरोना कमजोर भएको दाबी


रोम, (एजेन्सी)

इटालीका एक वरिष्ठ डाक्टरले विश्वमा महामारी बनेको कारोना भाइरस अब कमजोर भइसकेको दाबी गरेका छन् । यसको संक्रमणबाट मृत्युको सम्भावना कम भइरहको उनले बताए । तर उनको यो दाबीलाई विश्व स्वास्थ्य संगठनले खारेज गरेको छ ।

युरोपमा कोरोना भाइरसले सबैभन्दा पहिलो सिकार इटालीलाई बनाएको थियो । यहाँ कुल २ लाख ३२ हजार ९ सय ९७ संक्रमित भइसकेका छन् भने ३३ हजार ४ सय १५ को मृत्यु भइसकेको छ । वृद्धहरूको आवादी धेरै भएका कारण इटालीमा कोरोना संक्रमणको शुरूआतमा हरेक दिन ठँलो संख्यामा मृत्यु हुने गरेको थियो । किनभेन कोरोनाले बढी उमेरका व्यक्तिलाई सजिलै सिकार बनाइरहेको थियो ।

इटालीमा सबैभन्दा खराब स्थिति लाम्बार्डीको रह्यो । मिलानको सेन रफायल हस्पिटलका प्रमुख अल्बटो जंगरिलोले क्लिनिकली अब इटालीमा भाइरस नभएको बताए । उनले आरएआई टिभीलाई भने– ‘विगत १० दिनमा गरिएको परीक्षणमा प्राप्त भाइरस एक दुई महिनाआगाडिको तुलनामा अत्यन्त कम भइसकेको छ ।’

केही विज्ञहरू संक्रमणको दास्रो वेबलाई लिएर चिन्तित रहेको र नेताहरूले यसलाई गम्भीरतापँर्वक लिनुपर्ने उनले बताए । सामाजिक दँरी पालना, धेरै भिड नगर्ने, हात निर्मलीकरण गर्ने र मास्क लगाउन नागरिकलाई भनिएको छ ।

इटाली पुनः उठ्ने तयारीमा छ । करिब तीन महिनाको लकडाउनपछि राजधानी रोम खुलिसकेको छ । पर्यटकीय गन्तव्यमा सबैभन्दा प्रख्यात शहरमध्येको एक रोममा पर्यटकका लागि सबैभन्दा आकर्षक केन्द्र कोलोजियम र भेटिकन संग्रहालय खुले पनि त्यहाँ मानिसहरूको भिड देखिएको छैन ।