कोरोना संक्रमणमुक्त भएपछि गाउँमा खुसियाली

0
Shares

न्युज अफ नेपाल,भद्रपुर ।

कोरोना भाइरस संक्रमण भई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराईरहेका १८ जना निको भएर गएराती घर फर्किएका छन् । अस्पतालबाट डिस्र्चाज हुनेहरुमा झापाको कचनकवल गाँउपालिका १७ जना पुरुष र एक जना धरान १३ कि महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गरेर घर पठाइएको प्रवक्ता डा. सापकोटाले बताए ।

प्रतिष्ठानका अनुसार उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साह, सहायक निर्देशक डा.विकास साह, मेट्रोन उपेन्द्र यादव र फोकल पर्सन डा. ईन्द्र लिम्बु लगायतले विदाई गरेका थिए । धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको थियो ।

झापाका निको भएका १७ जना नागरिकहरुलाई बसमा पठाइएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । यता गाउँ फर्किएका १७ जनालाई गाउँपालिकाले पनि स्वागत गर्दै आआफ्नो घर पठाएका छन् । गाउँमा उनीहरु पुगेपछि खुशी छाएको बताइएको छ ।