आधा अभिभावक सन्तान बिद्यालय पठाउन चाहँदैनन्

0
Shares

लन्डन,एजेन्सी ।

वेलायतमा धमाधम प्राथमिक बिद्यालयहरु खुल्दै गइरहेको तर पचास प्रतिशत अभिभावकले भने आ–आफना सन्तानलाई पढ्न नपठाएको हालै त्यहाँ गरिएको सर्भेक्षणले पुष्टि गरेको छ ।

कसरी बिद्यालयहरु खोलिँदैछन् भन्नेबारे स्थानिय वासिन्दा अझै अन्यौलमा रहेका छन् भने केहि क्षेत्रमा अझै बिदालयहर बन्दै रहेका छन् । करिव दस साता देखि बिद्यलायका मुख हेर्न नपाएका १ देखि ६ वर्ष उमेर समुहका बालबालिकालाई लक्षित गरी बोद्यालय खोल्ने नीति अघि सारिएको हो ।

वेलायतमा लकडाउनको नियम निकै खुकुलो गरिएपछि मात्र यसरी बिद्यालय खेल्ने निर्णय गरिएको हो । अहिले वेलायतमा ६ जना मानिस सार्वजनिक स्थलमा एकै स्थानमा भेला हुन पाउने स्थिती छ ।

कोरोना भाइरसको कारण लागु गरिएको लकडाउनको सम्पूर्ण अवधिभित्र प्रमुख कामदार र जोखिममा परेका बालबालिकाका लागि भने बिद्यालय खुल्लै गरिएको थियो । तर सरकारले सोमवार देखि थप लाखौं प्राथमिक स्तरका बालबालिकालाई पनि पढ्न आउन आमन्त्रण गरेको हो ।