राहतमा अनियमितता भएको भन्दै कांग्रेससहित ६ दलले बुझाए ध्यानाकर्षण पत्र

0
Shares

बुद्ध नेपाली,सिन्धुली ।

सिन्धुलीका विपक्षी ६ राजनितिक दलहरुले सिन्धुलीका स्थानिय तहहरुले गुणस्तर हिन राहत वितरण गरेको, अनियमितता गरेको, कालोबजारी, मूल्यबृद्धि बढेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

नेपाली काग्रेस सिन्धुलीको नेतृत्वमा जनता समाजवादी पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा क्रान्तिकारी माओवादी र राष्ट्रिय जनमोर्चा, सिन्धुलीले आज १८ बुदें ध्यानाकर्षण पत्र बुझाउदै जिल्ला प्रशासन कार्यालय सिन्धुलीको ध्यानाकर्षण गराएका हुन् ।

६ राजनितिक दलहरुले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र नेपाली काग्रेस सिन्धुलीका सभापति उज्ज्वल प्रसाद बरालले सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेलाई बुझाउनुभएको हो ।

लकडाउनका कारण प्रभावित भएकाहरुलाई स्थानिय तहहरुले राहत वितरण गर्दा अनियमितता गरेको, गुणस्तर हिन राहत वितरण गरेको, लकडाउनको मौका छोपि व्यापारीहरुले कालोबजारी, आफुखुसी मूल्य बृद्धि गरेको, अहिलेको बिषम परिस्थितीको फाईदा उठाई भ्रष्टाचार गर्नेक्रम व्यापक रुपमा देखिएकाले यस्ता गर्ने व्यक्ति संघसंस्थाहरुलाई तत्काल कार्वाही गर्नुपर्ने राजनितिक दलहरुले माग राखेछन् ।

प्लान ईन्टरनेशनल नेपाल लगाएत सिन्धुलीमा कार्यरत अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपाल रेडक्रस सोसाईटी तथा स्थानिय गैरसरकारी संस्था मार्फत वितरण गरेको राहतमा व्यापक अनियमितता गरी राहत वितरण गरेको, राहत वितरण गर्दा सामाजिक विभेद गरेरकाले छानविन गरी कार्वाही गर्न दलहरुले माग गरेका छन् ।

लकडाउनको समयमा दैनिक उपभोग्य बस्तुहरु, निर्माण सामाग्रीको मूल्यबृद्धि हुदाँ पनि प्रशासन मुकदर्शक भई बसेको भन्दै प्रशासन लगाएत जिम्मेवार निकायहरु जागरुक हुन सचेत गराएका छन् । कमलामाई नगरपालिका सहित जिल्लाका नौ वटै स्थानिय तहमा राहत वितरण गर्दा अनियमितता भएकाले छानविन गर्न पनि माग गरेका छन् ।

ध्यानाकर्षण पत्र बुझाउदै नेपाली काग्रेस सिन्धुलीका सभापति बरालले लकडाउनको समयमा पनि सरकारी गाडीको दुरुपयोग भएकाले छानविन गर्न, सिन्धुलीका एक घर एक जनाको पिसिआर विधिबाट कोरोना भाईरस चेकजाँच गर्न माग गर्नुभयो । पर्याप्त आईसोलन वार्डको व्यवस्थापन गर्नुपर्ने, क्वारेन्टाईनलाई व्यवस्थित गर्नुपर्ने, क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको नियमित स्वास्थ्य परिक्षण गर्नुपर्ने, अग्रपंतीमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पिपिई उपलब्ध गराउनुपर्ने राजनितक दलहरुले माग गरेका छन् ।

किसानलाई मल, बीउ उपलब्ध गराउनुपर्ने, स्थानिय बजारहरु दिनको २ घण्टाका लागि तुरुन्त खोल्नुपर्ने, भुकम्प पिडितले पाउने नियमित किस्ता उपलब्ध गराउनुपर्ने, जिल्ला दररेट नियमन गर्नुपर्ने उनीहरुले माग राखेका छन् । बैक तथा वित्तिय संस्थाहरुबाट जनताले लिएको ऋणको ब्याज मिनाहा हुनुपर्ने, लकडाउनले आयआर्यजन नभएकाले जनताबाट उठाउने कर मिनाहा गर्नुपर्ने, संघिय सरकारले उपलब्ध गराउने सबै औषधी निःशुल्क दिनुपर्ने, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयबाट खरिद गरिएको स्वास्थ्य सामाग्री लगाएत विभिन्न खर्चहरु सार्वजनिक गर्नुपर्ने, भारतसँगको सिमा कुटनितिक पहलबाट समाधान गनुपर्ने र सबै खाले भ्रष्टाचारको अन्त्य गर्नुपर्ने माग गरेका छन् ।

मागहरु पुरा नभएमा, भ्रष्टाचार, अनियमितता गर्ने व्यक्ति, संघसंस्था लगाएतलाई कानुन बमोजिम कार्वाही नगरे चरणबद्ध आन्दोलनमा जाने समेत दलहरुले चेतावनी दिएका छन् । ध्यानाकर्षण पत्र बुझ्दै सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेलले दलहरुले रोखको मागहरु पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रशासनले गर्न सक्ने र मिल्ने सम्मको मागहरु पुरा गराउने भन्दै कतै अनियमितता भए, मुल्यबृद्धि भए, कालोबजारी भएको प्रमाण सहित आएमा तत्काल कार्वाहीको पक्रिया अघि बढाउने बताउनुभयो ।