सगरमाथाको उचाई घट्याे !


बेइजिंग (एजेन्सी)

विश्वकै सर्वोच्च सिखर सगरमाथाको उचाई करिब ४ मिटरले घटेको छ । चीनको एक सर्वेक्षण दलले हालै मात्र सगरमाथाको उचाई पुन नापेको हो । उक्त नापका लागि चिनियाँ टोली तिब्बतको मार्गबाट सगरमाथा अर्थात माउन्ट एभरेस्ट पुगेका थिए ।

चीनको मापन अनुसार माउन्ट एभरेस्टको उचाई ८ हजार ८ सय ४४ दशमलव ४३ मिटर आएको छ । यो नेपालले पछिल्लो पटक गरेको मापन भन्दा ४ मिटर कम हो ।

चीनले गत मे १ बाट विश्वकै सवोच्च शिखरको उचाई नाप्न एक नयाँ सर्वेक्षण गरेको हो । हाल कारोना भाइरस संक्रमणका कारण नेपालले मार्चमा सगरमाथा सहित सबै हिमालको आरोहनमा रोक लगाएको छ ।

प्रकृतिको सम्बन्धमा मानव बुझाई बढाउन र वैज्ञानिक विकासमा बृद्धीमा मद्दत पुर्याउन चीनले उक्त शिखरको उचाई पुन मापन गर्ने अभियान थालेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

चिनियाँ सर्वेक्षण कर्ताहरुले माउन्ट एभरेस्टको उचाइ मापन तथा वैज्ञानिक अनुसन्धानको ६ चक्र पुरा गरिसकेको छ । सन् १९७५ र २००५ दुई पटकको मापनमा शिखरको उचाइ ८८४८.१३ मिटर र ८८४४.४३ मिटर बताइएको थियो ।

चीनको तिब्बत तर्फबाट माउन्ट एभरेस्टमा चढने पर्वतारोहीले अब यो शिखर चढ्ने क्रममा तिब्र गतिको फाइवजी दुरसन्चार सेवाको प्रयोग गर्न सकिनेछ ।

चीनले दुर्गम हिमाली क्षेत्रमा विश्वको सबैभन्दा विश्वकै सबै भन्दा धरै उचाईमा रहेको बेस स्टेसन परिचालन सुरु गरेको सरकारी सन्चार माध्यमले जनाएको थियो । चीनको दुरसंचार कम्पनी चाइना मोबाइलका अनुसरा यो बेस स्टेसन ६ हजार ५ सय मीटको उचाइमा बनाइएको छ ।