५१ जनामा कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा सोमबार बिहानै नयाँ ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका २४ र जुम्लाका १९ जना गरी ४३ जनामा कोभिड १९ पुष्टी भएको हो ।

पूर्वी नवलपरासीका ३ जनामा कोभिड १९ पुष्टी भएको हो । पाल्लाको भैरव नवदिप स्कुल छहराको क्वारेन्टीनमा रहेका १९, ३८ र ४० वर्षका पुरुष तथा रुपन्देहीको कोटहिमाईका ४२ वर्षका पुरुष र ७० वर्षकी महिलाको रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

 

नेपालमा हिजोमात्रै १ सय ६६ जनामा कोरोना पुष्टि भएको थियो । हालसम २ सय २० कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।