रौतहटमा थप २९ जनामा कोरोना संक्रमण

0
Shares

सञ्जय कार्की,रौतहट ।

रौतहटमा आईतबार २९ जनामा कोरोना भाईरसको संक्रमित देखिएको छ । यससंगै रौतहटमा कोरोना भाईरसको संक्रमितको संख्या २ सय १६ पुगेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारी अनुसार दुर्गाभगबती गाउपालिकामा–८ जना, ईशनाथ नगरपालिकामा– २१ जनामा कोरोना भाईरसको नया संक्रमति थपिएका हुन् ।

संक्रमितको अबस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्यकर्मीको निगरानीमा रहेको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले कोरोना भाईरसको संक्रमित आईतबार थपिएको बताउनु भयो । कोरोना भाईरसको नया संक्रमित दुर्गाभगबती गाउपालिकामा पहिलो पटक देखिएको हो ।

यसअघि गौर, माधबनारायण, राजपुर, बौध्दिमाई, ईशनाथ, बृन्दाबन, गरुडा, देबाही गोनाही, मौलापुर, कटहरिया, गडिमाई, राजदेबी, गुजरा नगरपालिकामा कोरोना भाईरसको संक्रमित देखिएका छन । रौतहटमा देखिएका कोरोना भाईरसको संक्रमित सबै भारत बाट रोजगारी गरेर घर फर्किएका हुन ।

उनीहरु सिधै सम्बन्धित नगरपालिकाले बनाएको क्वारेन्टाईनमा बसेका कारण समुदायमा नगएका कारण भयरहित रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । रौतहटको १८ स्थानीय तह मध्ये चन्द्रपुर, परोहा, फतुवा बिजयपुर नगरपालिका सहित यमुनामाई गाउपालिकामा भने कोरोना भाईरसको संक्रमित देखिएको छैन ।