करेन्ट लागेर एक महिलाको मृत्यु

0
Shares

शिक्षा पन्त,लमजुङ ।

लमजुङमा घाँस काट्ने क्रममा बिजुलीको तारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । दूधपोखरी गाउँपालिका–५ कोल्की तस्योको ५२ वर्षीय आशमाया गुरुङको घटस्थलमै मृत्यु भएको स्थानीय रुपबहादुर गुरुङले बताउनुभयो ।

उहाँका अनुसार शनिबार अपरान्ह घर नजिकै घाँस काट्न जाँदा बिजुलीको तारमा करेन्ट लागेर गुरुङको मृत्यु भएको हो । दुधेलोको रुखमा चढेर घाँस काट्ने क्रममा घाँसको डालाले विजुलीको तारमा छोएको र झार्ने क्रममा करेन्ट लाग्दा आशमायाको मृत्यु भएको स्थानीयले बताएका छन् ।