लमजुङमा आरडीटी पोजेटिभ देखिएका एकसहित ३७ जनाको पिसिआर ‘नेगेटिभ’

0
Shares

शिक्षा पन्त,लमजुङ ।

लमजुङमा आरडीटी परीक्षण गर्दा २ जनामा एन्टीबडी पोजेटिभ देखिएकोमा १ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । मध्यनेपाल नगरपालिका क्षेत्रमा कार्यरत एक प्रहरीको गत बिहिबार आरडीटी जाँचमा एण्टीबडी पोजेटिभ देखिएको थियो ।

उनको पिसिआर जाँचमा रिपोर्ट नेगेटिभ आएकाले उनीमा कोरना संक्रमण नरहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । उनी सहित पछिल्लो समय पठाइएका ३७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रशासनले जनाएको छ ।

जिल्ला कमाण्ड पोष्टका अनुसार लमजुङमा हालसम्म ४ सय ९४ जनाको आरडीटी परीक्षण गरिएको छ । शुक्रबार लमजुङ जिल्ला सामुदायिक अस्पतालमा आरडीटी जाँच गर्दा पोजेटिभ रिर्पोट आएकी एक महिलाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको छ ।