कर्णाली प्रदेशमा थप ५९ जना कोरोना संक्रमण पुष्टी


न्युज अफ नेपाल, काठमाडौँ ।

कर्णाली प्रदेशमा थप ५९ जना कोरोना संक्रमण पुष्टी भएको छ । दैलेद, बाजुरा, सल्यान, कालिकोट र सुर्खेतमा गरी उक्त संक्रमण देखिएको कर्णााली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कालिकोटमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये कालीकोटका १७ जना छन् भने दैलेखका १५ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना र कालिकोटका १७ जना रहेका सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ ।

उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू हुन् ।

योसंगै कर्णालीमा संक्रमितको संख्या १०५ पुगेको छ । उनीहरू मध्ये एक जनाको क्वारेन्टिनमै मृत्यु भएको छ ।