एउटै पालिकामा ११ जनामा आरडिटी ‘पोजेटिभ’

0
Shares

घनश्याम बगाले,नवलपरासी ।

पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रमा शनिबार आरडिटी परीक्षण गर्दा ११ जनामा एन्टबोडी पोजेटिभ देखिएको छ । सुस्ता गाउंपालिका अन्तर्गतका विभिन्न क्वारेन्टाईनमा रहेका ९१ जनाको आरडिटी गर्दा ११ एन्टीवोडी पोजेटिभ पाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुस्ता वडा नम्वर १ को छिवनी क्वारेन्टाईनमा ११ जनाको आरडिटीमा १ पोजेटिभ, वडा नम्वर २ को युनाईटेड क्वारेन्टाईनमा १२ जनामा गरिएको आरडिटीमा ४ जनामा एन्टिवडी पोजेटिभ पाइएको हो ।

यसरी नै वडा ३ को नारायणी गण्डकी क्वारेन्टाईनमा २२ जनाको रेपिड डाईगोस्टिक टेस्टमा २ जना र वडा ५ को बेलवानी क्वारेन्टाईनको ५ जनाको परीक्षणमा १ जनामा पोजेटिभ देखिएको हो ।

यस्तै शिवगंगा क्वारेन्टाईनमा २१ जनाको आरडिटी परीक्षण गर्दा ३ जनामा एन्टिबडी पोजेटिभ पाइएको थियो । आरडिटी पोजेटिभ पाइएका सवैको आईतबार पिसीआरका लागि स्वाव संकलन गरी परीक्षणका लागि पठाइने स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताउनु भयो ।