सरस्वती न्यौपाने,रसुवा ।
जिल्लामा अवस्थित एक सय आठ कुण्डको विचमा रहको गोसाईकुण्डको आफ्नै छुट्टै विशेषता रहेतापनि यस पटक कोभिड १९ का कारण गंगा दशहारा मेला प्रावित बनेको छ । ऐतिहासिक, धार्मिक, भौगोलिक एवम् प्राकृतिक महत्व बोकेको गोसाईकुण्ड विभिन्न स्थानका विशेष गरेर हिन्दु धर्मावलम्बीहरुका लागी एक विशिष्ट स्थानका विशेष गरेर हिन्दु धर्मावलम्बीहरुका लागि एक विशिष्ट तिर्थस्थलको रुपमा रहेको छ ।
वर्षको दुईपटक दशहरा र जनै पुर्णिमामा लाग्ने यस गोसाईकुण्ड मेला यस पटक कोरोना भाइरसका कारण देशनै लकडाउन भएकाले प्रभावित बन्यो । बेगवान गंगालाई पृथ्वीमा ल्याउने क्रममा माहादेवले जटामा राखेर थामिदिएको पुुराणमा वर्णित छ ।
सत्ययुगमा मा समुन्द्र मन्थन गर्दा संसार दुग्ध गराउने कालकुट विष पिएर उत्पन्न डाहलाई शान्त पार्न महादेव निलाद्री पर्वत पुगे र कुण्डको उत्पती गराई विराजमान भएकोले वर्षेनी भक्तजन स्नान र पुजा आजाका लागी गोसाईकुण्ड जाने परम्परा रहि आएको छ ।
हरेक वर्ष गंगा दशहरा पर्वको अवसरमा गोसाईकुण्ड पुगी निलकण्ठ दहमा स्नान र पुजा अराधना गर्ने परम्परा रहि आएको छ भगवान शङकर (गोसाईकुण्ड बाबा) विराजमान रहेको पौराणिक धार्मिक कुण्डमा पुजा अराधना गर्नाले मनोकाङक्ष पुरा भई धनधान्य हुने जनविश्वास अनुरुप श्रद्धालुहरु काठमाण्डौको बालाजु बसपार्क हुँदै रानीवन, रानीपौवा, पीपलटार, बट्टार, थानकोट, गल्छी देवीघाट हुँदै दई मार्ग हुँदै त्रिशुलीको ढुङ्गे उत्तरगया बेत्रावति ऐतिहासिक कालिकास्थान, गोम्बुडाँडा, राम्चे, ग्राङ, ठाडे, धुन्चे सम्म मोटरमा र धुन्चेबाट चन्दनबारी, लौरी विनायक तेरसोबाट र ककरो भिर हँुदै भक्तजनहरु निलाद्री पर्वतको पौराणिक धार्मिक गोसाईकुण्ड पुग्ने गर्दछन् ।
गोसाईकुण्डमा दह बन्नुपुर्व कुण्डको उत्रर तर्फ शंकर भगवानले त्रिशुल प्राहार गरी उत्पती गराउनु भएको तिन धारामा र कुण्ड तथा मानव निर्मित मन्दिर समेत धुप बत्ती, जौ, तिल, जट्टावाला नरिवल श्रीखण्ड वा केशरी गाईको घ्यु, बेलपत्र, सरस्यु, १ साहा दियो जस्ता सामाग्री चढाई पजा गर्नाले जानेर वा अन्जानमा गरेका पाप सबै नष्ट भई नयाँ सोच पलाउने मान्यता रहि आएको छ ।
चारधाम मध्ये एक मानिने गोसाईकुण्डको ठुलो धार्मिक मेला भनेकै गंगा दशहरा जनैपुर्णिमा को समयमा लाग्ने गर्दछ । जिवनमामा एकपटक भएपनि कुण्ड पुग्नै पर्ने जनविश्वास रहेको छ । बेत्रावति उत्तरगया घाटामा दाह्री केश मुण्डन गंगा पुजन र पितृ तर्पण पछि गोसाईकुण्डको यात्रा अगाडी बढ्छ ।
भक्तजनहरुले कुण्डमा पुगे पछि स्नान गर्ने र कुण्डको परिक्रमा गर्ने र सके सात नसके एक पटक भएपनि साथीको हात समाई कुण्डमा डुबुल्की लगाउने गर्दछन् । गोसाईकुण्ड तिनतिर बाट रसुवा, नुवाकोट र सिन्धुपाल्चोक हुँदै पुग्न सकिन्छ । काठमाण्डौबाट करिव एक सय १७ किलो मिटर झण्डै नौ घण्टा जति बसमा यात्रा गरी धुन्चेमा बास बसेर भोलिपल्ट चन्दनबारी, पर्सिपल्ट लौरी विना गर्दै अर्काे दिन गोसाईकुण्ड पुग्न सकिन्छ ।
गोसाईकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सन्जिव डिएमका अनुसार गंगा नदी पृथ्वीमा अवतरण भएको दिन गंगा दशहरामा जेठ १९ गते गोसाईकुण्ड मन्दिरमा पुजारी मार्फत विशेष पुजा पाठ गरी दशहरा मेला सम्पन्न भएको छ । बन्दाबन्दीले गर्दा धार्मिक मार्गमा रहेका होटल तथा लजहरु बन्द रहेका छन् ।
प्रत्येक वर्ष १० दिन लाग्ने दशहरा मेला यस वर्ष जेठ १० देखि सुरु भई १९ गते सकिन्थ्यो भने यस पटक कोभिड १९ का कारण दशहरा मेला प्रभावित बन्यो । समुन्द्री सतह देखि १४ हजार एक सय फिटको उचाईमा अवस्थित गोसाईकुण्डमा भक्तजन पुग्न नसके पनि समितिको तर्फबाट धार्मिक विधि अनुसार विशेष पुजा गरिएको अध्यक्ष डिएमले जानकारी दिनु भयो ।
पौराणिक कथन अनुसार पानीको खोजी गर्दै आउने क्रममा माहादेव सँग पार्वती समेत साथमा आएको बेला पार्वती महिनावारी हुनुभएछ र महादेवलाई हेर्न र छुन नहुने भएपछि पार्वती एक डाडा पछाडी हालको पार्वतीकुुण्डमा गई विराजमान हुनु भएछ गोसाईकुण्ड नुहाएर फर्किने जो कोही पनि पार्वती कुण्ड पुग्न पर्ने धार्मिक मान्यता रहिआएको छ । पार्वतीकुण्ड बारेमा कम मानिसहरुलाई मात्र थाहा छ ।
धार्मिक पुराणहरुमा माहाकाव्य खण्ड काव्य श्रीमत भागवतहरुमा उल्लेख गरीएको छ कि पार्वतिले महादेव पनि पाउ भनि ब्रत राखेको र चिन्ताएको पुगेको भन्ने उल्लेख छ । धार्मिक आस्था मा विश्वास गर्नेहरु केही न केही आफ्नो इच्छा पुराका लागी पनि गोसाई कुण्ड आउने गर्दछन
यस वर्षको गंगा दशहरा मेला विधि अनुसार पुजा पाठ गरी सम्पन्न भएको छ । कोभिड १९ को प्रभाव नपरेको हो भने करिव १५ हजार मानिसहरु आवत जावत हुने अनुमान गरिएको समितिका अध्यक्ष डिएमले बताउनु भयो २०७२ सालको भुकम्पमा प्रभावित बन्यो भने अहिले महामारी रोगका कारण शुन्य रुपमा नै महामारी ले प्रभावित बन्यो । अध्यक्ष डिएम बताउनु हुन्छ यस विशेष पुजाले महामारीको चाडै अन्त्य होस भनि गोसाईकुुण्ड बबा सँग प्रार्थना गरि पुजा सम्पन्न भएको छ ।
प्रतिक्रिया