दिपायलका ७ प्रहरी सहित ९ जनाको रिपोर्ट नेगेटिभ

0
Shares

विमल विष्ट,डोटी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा प्रदेश तालिम केन्द्र दिपायल र त्यस आसपासका सुरक्षामा खटिएका ७ जना प्रहरी सहित दुई जना सर्वसाधारणको कोरोना भाइरस (कोभिड–१९) परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

तीन दिन पहिले उनीहरुको दिपायलमा स्वाब सङ्कलन गरी जाँका लागि कैलाली पठाइएको थियो । स्वाब जाँच पछि उनीहरु सबैको रिपोर्ट रिपोर्ट नेगेटिभ आएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलका प्रमुख डा.बबिता गजमेरले जानकारी दिनुभयो ।

अहिले ड्युटीमा खटिएका ट्राफिक प्रहरी सहित अन्य प्रहरी कर्मचारीको समेत पिसिआर परीक्षण गरिने तयारी भएको प्रदेश प्रहरी कार्यालय दिपायलका बरिष्ठ प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले कोरोना भारईसरका कारण प्रहरी तथा स्वास्थ्यकर्मी बढी जोखिममा भएकाले हामीले हाम्रो मातहतका सबै प्रहरी कर्मचारीको स्वाब सङ्कलन गरी जाँच गर्ने तयारीमा छौँ ।” सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी फर्किने नागरिक बढी भएको र उनीहरुको उद्दारमा प्रहरी रात दिन खटिएकाले जोखिम बढ्न सक्ने अनुमान गरिएको छ ।