काठमाडौं महानगर चेम्बरद्वारा स्वास्थ्य सामाग्री सहयोग

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं महानगर चेम्बरले कोरोना महामारीबिरुद्ध आवश्यक बिभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ । शनिबार स्वयम्भुस्थित मनमोहन मेमोरियल टिचिङ हस्पिटललाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो । ५ थान पिपिई,५ जोर गम बुट,५ जोर गम बुट कभर, २ थान थर्मल गन, १००० थान सर्जिकल मास्क ,५ थान फेस सील ,१०० थान सर्जिकल क्याप,१०० थान सर्जिकल ग्लोभ र २ थान के-एन ९५ मास्क हन्तान्तरण गरिएको हो ।

उक्त स्वास्थ्य सामाग्री हस्पिटलका अध्यक्ष तथा माननीय राजेन्द्र पाण्डे लगायत डाइरेक्टर डा. धर्म सुवेदी तथा बिशिष्ट अतिथि नेपाल चेम्बरका केन्द्रीय सदस्य श्री कृष्ण मान श्रेष्ठको उपस्थितमा  हस्तान्तरण गरिएको थियो ।

आज एक बिज्ञप्तिमार्फत् सहयोग कार्यको जानकारी दिँदै महानगर चेम्बरका अध्यक्ष पंकज चन्द्र श्रेष्ठले नेपाल चेम्बरका केन्द्रीय सदस्य कृष्णमान श्रेष्ठ तथा संयोजक प्रथम उपाध्यक्ष तेबिन्द्र रत्न शाक्य र प्रबिन पौडेल लाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

साथै चेम्बरले यो दोस्रो चरणको सहयोग कार्यक्रम रहेको भन्दै स्वास्थ्य सामाग्रीहरू वितरण गर्नको लागि योगदान पुर्याउन आथिर्क सहयोग गर्ने सबै पदाधिकारी सदस्यहरुलाई पनि बिशेष धन्यवाद ज्ञापन गरेको छ । यस्तै आईतबार गणेशमान सिंह हस्पिटलमा पनि सहयोग गर्ने कार्यक्रम रहेको चेम्बरले जाकारी दिएको छ ।