प्यूठान : सीमामा २४ सै घण्टा स्वयंसेवक युवाहरुको पहरा

0
Shares

सलिम अन्सारी, प्यूठान ।

सरुमारानी गाउपालिका २ ददेरीका स्थानिय युवा आकाश भुसाल दाङ ( प्यूठानको सीमावर्ती गहनाखोला पुलको मुखमा पाल टांगेर राखिएको वेटिङ क्वारेन्टाईन र हेल्थ डेस्कमा दिनहुँ खटिन्छन् । दिनरात नसुतेर जिल्ला भित्रनेहरुको तीन पुस्ते विवरण, ठेगाना,सम्पर्क नम्बर, काम गरेको ठाउँ सबै अभिलेख राख्छन् । स्वयंसेवीहरुले अनावस्यक रुपमा हिडदुल गर्नेलाई रोक्दै क्वारेन्टाईनमा राख्छन् । संबन्धित गाउँपालिकासंग समन्वय गरेर मात्र उनिहरु जिल्ला भित्राईन्छ ।

अनि गाडीको व्यवस्था गरेर अलपत्र यात्रुहरुलाई गन्तव्यमा पठाउँछन् ।यहा दर्जन बढी युवा खटिएका छन् । युवाहरु यसरी खटिएबापत कुनै पारिश्रमिक पनि पाउँदैनन् । उनीहरू आफ्ना काम छाडेर स्वतहस्फुर्त रुपमा सेवामा जुटेका हुन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामको लागि सिमानाकामा खटिएको भुसालले बताए। ‘ अप्ठायाराहरु त छन तै पनि स्वयंसेवा गर्दा खुसी छु,आनन्द लागेको छ ।

घरपरिवार र छिमेकी पनि खुसी छन् ।’ चौबिसै घण्टा आफूहरू नाकामै खटिने गरेको उनले बताए । उनका अनुसार स्थानीय स्वयंसेवकले बन्दाबन्दीको अवधीभरी काम गर्ने छन् । तर,यसरी जोखिम मोलेर सेवामा खटिरहदा व्यक्तिगत सुरक्षा सामग्रीको अभाव खट्किएको भुसालले गुनासो गरे। ’सेनिटाइजर, ग्लोब्स र मास्क बजारमा किन्न पाईदैन’ उनले भने’सरकारले दिएको छैन।’

त्यस्तै,ददेरीका स्थानिय सुर्य श्रेष्ठ (राजु) पनि दिनहुँ स्वंयसेवकको रुपमा खटिएकै छन। उनले पनि मान्छेहरु बगरको बाटो र लुकिछीपी ओहोरदोहोर रोक्न आफुहरु रातदिन खटिएको सुनाए ।’लकडाउन सुरु भएदेखी नै गाउँका युवाहरु आलोपालो गरेर बसेका छौं,’ राजुले भने,’बन्दाबन्दीमा पनि भारत सहित बिभिन्न ठाउँबाट प्युठान आउने मानिसहरुको क्रम नरोकिएपछी जेठ १ गतेबाट यहा सतर्कता अपनाईएको हो। स्वयंसेवकसँगै जनप्रतिनिधि,स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि नाकामा खटिएका छन ।

सरुमारानी –२ का वडा अध्यक्ष बसन्त जिसीले जिल्ला विपद व्यवस्थापन समितिले अलपत्र यात्रुलाई गाडीको व्यवस्था गर्ने, खाजा, खाना र बस्ने व्यवस्था गरेको बताए । जिसिका अनुसार पैदल र गाडीबाट आएकाहरुलाई उक्त व्यवस्था गरिएको हो।प्रहरी हवल्दार कृष्ण प्रसाद मरासिनीले भारतबाट आएकाहरुको सबै बिबरण लिएपछि उनिहरुलाई क्वारेन्टाइनमा बस्न र परिवारसँग घुलमिल नहुन सल्लाह समेत दिएर पठाउने गरिएको बताए ।

मानिस जिल्ला आउने क्रम जारी छ । भारतबाट कृष्णनगर नाका हुदै नेपाल प्रवेश गरेर प्यूठान आउने धेरै छन। जेठ १६ गते शुक्रवारसम्म भारत सहित बिभिन्न स्थानबाट ५ हजार ५५ जना प्युठान भित्रीएका छन् ।