सामाजिक संचार लक्षित आदेश पत्र !

0
Shares

वासिंगटन,(एजेन्सी) ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संचार कम्पनीहरुलाई लक्षित कार्यकारिणी आदेश पत्रमा हस्ताक्षर गर्ने विहिवार व्हाइट हाउसले जनाएको छ । यस अघि उनले रुढीवादी आवाजहरुलाई उक्साउने गरेको अभियोग लगाउँदै ति संचार प्लेटफर्मलाई बन्द गर्ने चेतावनी दिएका थिए ।

पहिलो पटक टिवटरले ट्रम्पको टिव्टको सत्य र तथ्य परिक्षण गर्न लिन्क जोडेपछि यो पछल्लो विवाद देखिएको हो । यस आदेषाज्ञाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । यदि कंग्रेसले पारित नगरेको खण्डमा यस नयाँ कानुनलाई लिएर ट्रम्पले के कदम चाल्नेछन् भन्ने स्पष्ट पारिएको छैन ।

मौसम खराबीको कारण स्थगित गरिएको अन्तक्षि प्रक्षेपण हेर्न वासिंगटनबाट फ्लोरिडा तर्फ जानु अघि ट्रम्पले ट्विटर लगायत अन्य सामाजिक संजाललाई पक्षपात भएको आरोप लगाएका छन् । तर उनले आफ्नो आरोप पुष्टि गर्न कुनै प्रमाण भने पेश गरेका छैनन् ।