यौन दुराचारी प्रधानाध्यापिका !

0
Shares

सिडनी,एजेन्सी ।

चौहत्तर जना बालबालिकालाई यौन अत्याचार गरेको अभियोग लगाइएका एक इजरायली प्रधानाध्यापिकाको मानसिक अवस्था स्वदेश सुपुर्दगीका लागि ठीक रहेको बुधवार अष्ट्रेलियाको एक अदालतले ठहर गरेको छ ।

अष्ट्रेलियाको मेलवर्न स्थित यहुदी कन्या विद्यालयका पुर्व प्रधानाध्यापिका माल्का लेइफर आफु विरुद्ध यौन अभियोेग लगाइएपछि सन् २००८ मा इजरायल तर्फ भागेकी थिइन् ।

५४ वर्षिया लेइफरमा मानसिक समस्या रहेको कारण उनी अदालतमा उपस्थित हुन नसक्ने बताइएकाले दुइ वर्ष देखि उनलाई सुपुर्दगी गरिने मुद्धाको सुनुवाईलाइृ मुल्तबीमा राखिएको थियो ।

तर अहिले जेरुसेलम जिल्ला अदालतले स्वास्थ विशेषज्ञहको सल्ला र सिफारिश बमोजिम उनी विरुद्धको कानुनी प्रक्रिया अघि बढाएको हो । शुरुदेखि नै लेइफरले आफु माथि लगाइएका आरोपहरु अस्विकार गर्दै आएका छन् ।

पााच वर्ष भन्दा लामो समय देखि चलिरहको उनको यस मुद्धाका कारण इजरायल अष्ट्रेलियाबिचको सम्बन्ध समेत प्रभाबित भएको थियो ।