सयौँ तालिवान वन्दी मुक्त

0
Shares

कावुल,एजेन्सी ।

अफगान सरकारले मंगलवार सयौं संख्यामा तालिवान लडाकु वन्दी मुक्त गरको छ । यसै वर्षको शुरुमा संयुक्त राज्य अमेरिका र तालिवान समुह बिच कतारको दोहामा अफगान सरकार तालिवानबिच वन्दी आदान प्रदान गर्ने विषयक सम्झौतामा हस्ताक्षर भएयता पहिलो पटक यति धेरै संखयामा एकैदिन तालिवान वन्दी छाडिएको हो ।

तालिवान समुहले मुशिलमहरुको प्रमुख चाड इदको उपलक्षमा तीन दिने युद्ध विराम घोषणा गरेकाबेला सरकारले सदभावना प्रकट गर्ने हिसाबले ९ सय जना तालिवानलाई मुक्त गर्ने घोषणा गरेको हो ।

यसरी वन्दी रिहाइ गरिँदा अफगानिस्तानको हिंसात्मक गतिविधिमा कमि आउने राजनीतिक विश्लेषकहरुको दावी रहेको छ । यसैगरी तालिवान पक्ष युद्ध विरामलाई लम्ब्याउने सोचमा रहेको पनि एकजना वरिष्ठ तालिवानी नेताले बताएका छन् ।