औषधि उद्योगमा आगलागी हुँदा करोडौँको क्षति

0
Shares

न्युज अफ नेपाल,धादिङ ।

दक्षिणी धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ७ खानीखोलामा उद्योग रहेको नोभा जेनेटिका प्रालि औषधी उद्योगमा आगलागी हुँदा करोडौँको क्षति भएको छ ।आज (बुधबार) दिउँसो सेनिटाइजरका लागि ल्याइएको प्रज्ज्वलनशिल पदार्थमा एक्कासी आगो सल्किएको थियो ।

एलोपेथिक औषधी बनाउने उद्योगमा आगलागी भएपछि कार्यरत कर्मचारीहरुले भागेर ज्यान बचाएको उद्धारमा बिक्रम जंग रानाले जानकारी दिनुभयो ।२० हजार लिटरको प्रज्ज्वालनशिल पदार्थ उद्योगमा खन्याउन लागिएको बेला आगलागी भएको र आफूहरुले आगलागी भएपछि मात्र थाहा पाएर भागाभाग गरेको भउको थियो ।

आगलागीका कारण ६ जना कर्मचारी, उद्धारमा सम्लग्न एक जना धुनीबेसी नगरप्रहरी र बिक्रम जंग राना समेत सामान्य घाइते हुनुभएको छ ।नेपालमा पाइने सबैकिसिमकोऔषधी उत्पादन गर्न अनुमति पाएर उत्पादन गरिरहेको नोभा जेनेटिका प्रालिले असावधानीकाकारण आगलागी भएको उद्धारमा सम्लग्नहरुले बताएका छन् । घटनापछि धनीबेसी नगर पालिकाको बारुणयन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।

कोरोना भाइरस मार्न हातमा लगाइने सेनिटाइजर लगायतका २ सय किसिमका औषधी बनाइने उद्योगमा भएको सेनिटाइजरऔषधी, र्आषधी बनाउन प्रयोग हुने कच्चा पदार्थ, तथा स्प्रिट लगायतका सामान, ५ ओटा मोटरसाइकल समेत जलेरनष्ट भएको उद्योगका कर्मचारी प्रदिप भण्डारीले बताउनुभयो ।आगलागी नियन्त्रणमा आएकोले क्षतिको यकिन तथ्यांक अनुसन्धानपछि मात्र जानकारीहुने इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरिक्षक रुपबहादुर थापाले जानकारी दिनुभयो।