हंगकंगमा फेरि हंगामा

0
Shares

हंगकंग,एजेन्सी ।

चीनको विशेष प्रशासकिय क्षेत्र हंगकंगमा बुधवार चिनियाँ राष्ट्रिय गीतको अपमान गर्ने हरुलाई अपराध मुद्धा चलाई कारवाही गर्ने विधेयकबारे छलफल गर्न विधायकहरु जमघट भइरहेकोबेला सडकमा प्रर्दशनमा ओर्लनेहरु विरुद्ध दंगा प्रहरीले हस्तक्षेप गरेको छ ।

यस विधेयक विरुद्ध हंगकंगका विभिन्न स्थानमा स–साना विरोध प्रदर्शन भइरहेका छन् भने दर्जनौं व्यक्तिलाई गिरफतार गरिएको छ । मुख्यभुमि चीन विरुद्ध हंगकंगवासीहरुको गुनासो बढिरहेकाबेला यस प्रस्ताविक विधेयकले अर्काे तनाव सिर्जना गरेको हो ।

केहि दिन अघि मात्र चीनले विवादास्पद राष्ट्रिय सुरक्षा कानुन कार्यान्नवयन गर्ने प्रस्ताव अघि सारेका कारण हंगकंगमा अस्थिरता छाएको थियो । राजनीतिक समिक्षकहरुले यस विधेयकले शहरको अनुपम स्वतन्त्रतामा कटौति हुने दावी गरेका छन् ।

तर हंगकंगका नेता क्यारी लामले भने राष्ट्रघाती आन्दोलन आदि माथि प्रतवन्ध राख्नका लागि लागु गरिन लागेको उक्त सुरक्षा कानुनले हंगकंगवासीहरुको स्वतन्त्रतामा कुनै आँच नपुग्ने बताएका छन् ।