ट्विटर भर्सेस ट्रम्प

0
Shares

वासिंगटन (एजेन्सी) ।

सामाजिक संजाल ट्विटरले सबैभन्दा लाकप्रिय प्रयोगकर्ता मध्यका एक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पहिलो पटक चेतावनी दिएकोछ । विश्वकै सबैभन्दा शक्तिशाली देश अमेरिकाका राष्ट्रपति कोरोना भाइरस संकट समाधानलाई लिएर आलोचनाको घेरामा छ ।

ट्विटरले अमेरिकी राष्ट्रपति ट्रम्पका केही ट्विटलाई झन्डा देखाउँदै तथ्य जाँचको चेतावनी दिएको हो । सामाजिक सन्जाल ट्विटरले अमेरिकी राष्ट्रपतिलाई यसरी चेतावनी दिएको यो पहिलो घटना हो । यो चेतावनीलाई लिएर ट्रम्पले यसलाई अभिब्यक्ती स्वतन्त्रता विरुद्ध भएको बताए । ट्रम्पले यसलाई अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेपकारी भएको आरोप लगाए ।

मंगलबार डोनाल्ड ट्रम्पको दुई ट्विटमा ट्विटर तर्फबाट चेतावनी दिइएको हो । मेल इन ब्यालेट्सलाई फर्जी र मेल बक्स लुटिने छ, उल्लेख गर्दै ट्रम्पले आधिकारिक एकाउन्टबाट केही ट्विट गरिएको थियो । अब यो ट्विटमा एक लिंक आइरहेको छ जसमा मेलइन ब्यालेट्सका बारेमा तथ्य थाहा पाउन लेखिएको छ । यो लिंक ट्वििटर युजर्सलाई मोमेन्टस पेजमा तथ्य जाँचका लागि लग्ने गरिन्छ । यहाँ ट्रम्पको अप्रमाणित दावीका सम्बन्धमा सामाग्री देखिन्छ ।

यसबीच डोनाल्ड ट्रम्पले लगातार दुई ट्विटका माध्यमबाट ट्विटरको यो कदमलाई निशाना साधेको छ । ट्रम्पले पहिलो ट्विटमा लेख, ट्विटर अब २०२० को राष्ट्रपति चुनावमा हस्तक्षेप गरिरहेको छ । उ भनिरहेको छ, मेल इन ब्यालेट्सका बारेमा मेरो बयानले ठुला भ्रष्टाचार र फर्जीकार्यलाई जन्म दिन्छ । यो गलत हो । यो फेक न्युज सीएनएन र एमेजोन वासिंगटन पोस्टको फ्याक्ट चेकिंगमा आधिरित छ ।
अर्को एक ट्विटमा ट्रम्पले भनेका छन्, ट्विटर पुरै अभिब्यक्ती स्वतन्त्रतामा हमला गरिरहेको छ । एक राष्ट्रपतिका रुपमा म यसतो हुन दिने छैन ।

कोरोना भाइरसको बढ्दो मामिलाबीच अमेरिकी राष्ट्रपति गल्फ खेलिरहेको तस्वीर बाहिर आएको थियो । यसलाई लिएर उनले आलोचनाको सामना गर्नु परिरहेको थियो । यस घटनालाई लिएर ट्रम्पले सन्चार माध्यमहरुलाई लक्षित गर्दै फर्जी तथा भ्रष्ट न्युजले मानौ आफुले पाप गरिरहेको जस्तो देखाएको ट्विट गरेका थिए ।