चमेरोमा भएका अन्य भाइरसले अझ विकराल समस्या ल्याउने : चिनियाँ भाइरोलोजिस्ट

0
Shares

बेइजिंग (एजेन्सी) ।

चमेरोमा सोध गरिरहेकी चीनकी चर्चित भाइरोलोजिस्टले कोरोना भाइरस समस्याको एक पक्षमात्र भएको, यसको वास्तविक समस्या अझ विकराल भएको चेतावनी दिएकी छन् । चमेरोमा कयौं खतरनाक भाइरसहरु छन्, जुन फेरी विश्वभरी फैलिन सक्ने उनले बताइन् ।

भाइरसका बारेमा भइरहेको शोधका बारेमा सरकार र वैज्ञानिकले पारदर्शी निति अपनाउन आवश्यक भएको झेंगलीले बताइन् । चीनमाथि कोरोनाका बारेमा समयमै विश्वलाई सही जानकारी उपलब्ध नगराएको आरोप छ । यस विषयमा झेंगलीले भनिन् , विज्ञानको राजनितिकरण दुखद हो ।

चमेरो जस्तो जनावरमा कोरोना भन्दा धेरै खतरनाक भाइरस सुरक्षित रहेको चीनकी ब्याट वुमनको नामबाट चर्चित वुहान इन्स्टिच्युट अफ भाइरोलोजिका सहायक निर्देशक सी झेंगलीले बताएकी छन् । समय छँदै त्यसलाई पत्ता नलगाउने हो भने विश्वले यस प्रकारका अरु महामारीको सामना गर्नु पर्नेमा उनले सचेत गराएकी छन् । कोरोना भाइरससँग लड्न पुरै विश्वले मिलेर काम गर्न आवश्यक भएको उनले सुझाव दिइन् ।