खोप विकास सम्मेलनमा पुटिनलाई जोनसनको निमन्त्रणा

0
Shares

लन्डन (एजेन्सी) ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको खोप विकास गर्ने सम्बन्धमा आयोजित एक अनलाई सम्मलनमा भाग लिन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई निमन्त्रणा दिएका छन् । जुन ४ मा हुने विश्व खोप सम्मेलन २०२० मा भाग लिन पुटिनलाई आधिकारिक रुपमा निमन्त्रणा पठाएको बेलायती दुतावासले बताएको छ । सम्मलेनको आयोजना बेलायतले गर्न लागेको हो ।

यस सिखर सम्मेलनको मुख्य उद्देस्य खोप विकास गठबन्धन गावीका लागि महत्वपुर्ण समर्थन जुटाउनु रहेको दुतावासले जारी गरेको बयानमा संकेत गरेको छ । साथै यसबाट विश्वको मद्दतका लागि कोविड १९ का लागि विकसित गरिने कुनै खोपको उपलब्धता सुनिश्चित गर्नु हो । रुसको कयौं प्रयोगशालामा कोरोना भाइरसको खोप बनाउनमा लागेका छन र मानवमा त्यसको परीक्षण अर्को महिनाबाट शुरु हुने सम्भावना रहेको बताइएको छ ।

कोरोना भाइरसको खोपलाई लिएर आयोजित यस सम्मेलनमा रुसी राष्ट्रपतिलाई बोलाएकोमा अमेरिका रुष्ट हुन सक्ने जनाइएको छ । यद्यपी अहिलेसम्म ट्रम्प प्रशासनका तर्फबाट यसलाई लिएर कुनै प्रतिक्रिया आएको छैन ।