अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

0
Shares

वासिंगटन (एजेन्सी) ।

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।

विश्वमा अहिलेसम्म यस विश्वब्याधिबाट ५६ लाख ८३ हजार ८ सय २ जना संक्रमित भइसकेका छन् । अहिलेसम्म २४ लाख ३० हजार ५ सय २७ ठीक पनि भइसकेका छन् । यस संक्रमणबाट विश्वभरी ३ लाख ५२ हजार २ सय को मृत्यु भइसकेको छ ।

जर्मनीले महामारी रोक्न सामाजिक दुरीको नियम जुन २९ सम्म बढाएको छ । सार्वजनिक स्थानमा १० जना सम्म जम्मा हुन सक्ने छ ।
अमेरिकामा विगत २४ घन्टामा करिब ७ सयको मृत्यु भएको छ भने १९ हजार भन्दा बढी नयाँ संक्रमित पुष्टि भएको छ । बेलायनमा २४ घन्टामा १ सय ३४ को मृत्यु भएको छ । यो सँगै बेलायतमा मर्नेको संख्या ३७ हजार ४८ पुगेको छ भने यहाँ २ लाख ६५ हजार २ सय २७ संक्रमित पुष्टि भइसकेको छ ।

त्यसैगरी भारतमा संक्रमित संख्या ढेड लाख नाघेको छ भने यहाँ ४ हजार ३ सय ४४ को मृत्यु भइसकेको छ ।