अश्वेत पुरुषमाथि प्रहरीको ज्यादती

0
Shares

वासिंगटन,एजेन्सी ।

अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबिआइ) मिन्नेसोटा राज्यमा एकजना काला जातिका पुरुषको मृत्यु सम्बन्धमा छानबिन गर्ने भएको छ । एकजना प्रहरी अधिकारीले उनको घाँटीमा घुँडाले थिचिरहेको भिडियो फुटेज सार्वजनिक भएपछि एफबिआइ तातेको हो ।

सो फुटेजमा करिव चालिस वर्ष उमेरका ती पुरुषले लगातार निस्सासिएको स्वरमा,‘ म श्वास फेर्न सक्तिन ’ भनिरहेको सुनिन्छ ।

प्रहरी अधिकारी गोरा जातिका हुन् । मिन्नेपोलिस प्रहरी विभागले उपचारको घटनामा उनको ज्यान गएको भन्ने प्रतिवेदन माथि पनि अकारीहरुको ध्यानाकर्षण भएको जनाएको छ ।

अफ्रिकी अमेरिकी माथि अमेरिकी प्रहरीबाट भएको ज्यादतीको यो पछिल्लो उदाहरण हो । यसअघि म्यारील्यान्डमा एक प्रहरी अधिकारीले प्रहरी गस्ती कारभित्रै अश्वेत व्यक्तिलाई गोली हानेर मारेको घटना सार्वजनिक भएको थियो ।