रुखबाट लडेर एक किशोरको मृत्यु

0
Shares

शिक्षा पन्त,लमजुङ ।

लमजुङमा डालेघाँस काट्ने क्रममा रुखबाट लडेर एक किशोरको मृत्यु भएको छ । बेसीशहर नगरपालिका १०–सालडाँडाका १३ बर्षीय रामबहादुर भण्डारीको मुत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो घर नजिकै खनियोको रुखमा घाँस काट्दै गर्दा एक्कासी चिप्लिएर लडेका भण्डारीको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो

उहाँका अनुसार रामबहादुर आफ्नो आमा जीवनदेवी भण्डारीको साथमा घाँस काट्न गएका थिए । दुवै जनाले रुखमा चढेर घाँस काटेपनि छोरा एक्कासी लडेर घाइते भएको र बेसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । किशोरको शव पोष्टमार्टका लागि अस्पतालमा राखिएको छ ।