लुफथान्जा सम्झौताका लागि सहमत

0
Shares

वर्लिन,एजेन्सी ।

लुफथान्जा एयरलायन्सले आफुलाई धराशायी हुनबाट जोगाउने उद्देश्यले जर्मन सरकारसंग ९ अर्व युरो वरावरको उद्धार सम्झौतामा सहमति जनाएको छ । विश्वव्यापि कोभिड १९ महामारीका कारण यात्रुको संख्यामा निकै कमि आएपछि गत अप्रिलमा यसले आफ्नो उडान रोकेको थियो ।

जर्मन सरकारले यस कम्पनीको २० प्रतिशत जोखिमको जिम्मेवारी लिने भएको छ । साथै आगामी सन् २०२३ को अन्त्यसम्ममा कम्पनी बिक्री हुने बताइएको छ ।

तर जर्मन सरकारसंगको यो सम्झौता लुफथान्जाका सेयर होल्डर र युरोपेली आयोगबाट अनुमोदित हुनु जरुरी छ । यसैगरी जर्मन सरकारले राहात प्याकेज अन्तर्गत कम्पनीलाई ५ अर्व ७० करोड युरो वरावरको पुँजी पनि बढाइदिन लागेको छ ।