सामाजिक संजालमा मोडेललाई तनाव

0
Shares

इस्लामावाद,एजेन्सी ।

गत साता पाकिस्तानमा भएको विमान दुर्घटनामा ज्यान गुमाउन पुगेकी एक चर्चित मोडेललाई उनको निजी जीवनलाई लिएर अनलाइन मार्फत निकै मानसिक प्रताडना दिइने गरेको उनका साथीहरुले बताएका छन् ।

आफुले लगाउने लुगा र आफ्नो जीवन शैलीलाई लिएर नाना थरिका टिप्पणी हुन थालेपछि दिक्क भएर जारा आविदले आफ्नो सामाजिक संजाल नै निष्कृय पारेकी थिइन् ।

शुक्रवार लाहोरबाट उडेको पाकिस्तान इनटरनेसनल एयरलायन्स ( पिआइए) को उनी चढेको विमान दुबै इन्जिन बिग्रेर कराँचीको बाक्लो आवासिय क्षेत्रमा दुर्घटनाग्रस्त भएर खसेको थियो । यस विमान दुर्घटनामा मरेका व्यक्तिहरुको नाम सार्वजनिक नगरीकन सरकारी सुत्रले दुइजना पुरुषको ज्यान जोगिएको मात्र जानकारी दिएको थियो ।

उनले आफ्नो दाजु मार्फत आफुबारे झुठा खवरहरु प्रचार प्रसार नगर्न मानिसहरुसंग याचना गर्न लागेको पनि बुझिएको छ । अहिले जारा आविदाका इन्स्टागम , टिव्टर र फेसबुक एकाउन्टै गायव भएका छन् ।

तर ति सबै एकाउन्ट सामाजिक संजाल स्वयमले वा उनका परिवार तथा साथीहरुले बन्द गरेको हो भन्ने थाहा हुन सकेको छैन । पाकिस्तानमा सामान्य प्रेम प्रसंगका कारण पनि महिलाहरुलाई तिनीहरुको परिवारले प्रतिष्ठाका लागि भन्दै हत्या गर्ने गरिएको छ ।