ताप्लेजुङका सञ्चारकर्मी कोरोनाविरुद्ध उच्च सतर्कता अपनाउँदै

0
Shares

दिलकुमार लिम्बू,ताप्लेजुङ ।

जेष्ठ १३ दिन प्रतिदिन कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा पत्रकारलाई समेत कोरोना पोजिटिभ देखिन थालेकोले ताप्लेजुङ जिल्लामा क्रियाशील पत्रकार उच्च सचेतता अपनाउन थालेका छन् ।

पत्रकार महासंघ ताप्लेजुङको पहल र जिल्ला प्रसाशन कार्यालय ताप्लेजुङको सहयोगमा सोबार ताप्लेजुङ जिल्ला अस्पतालमा २१ जना संञ्चारकर्मीको आरडीटी परिक्षण र ९ जना सञ्चारकर्मीले पिसिआर परिक्षण गरेका छन् । त्यस्तै प्रेस संगठन नेपाल ताप्लेजुङ शाखाले ताप्लेजुङमारहेका सञ्चारकर्मीका लागि मंगलबार देखि कोरोना बीमा गरिदिने भएको छ ।

नेपाल पत्रकार महासंघ ताप्लेजुङमा आबद्ध भई क्रियाशिल रहेका तथा ताप्लेजुङस्थित बिभिन्न सञ्चार माध्यममा क्रियाशिल ५० जनाको पत्रकारको एक वर्ष कारार अवधिको एक लाख रुपैयाँ बराबरको कोरोना बीमा गरिदिने पत्रकार महासंघ ताप्लेजुङको कार्यबाहक अध्यक्ष चन्द्र पन्दक (प्रयास) लिम्बूले जानकारी दिनु भयो । यसअघि पत्रकार महासंघको पहलमा आवश्यक स्वस्थ्य सामाग्री साथै प्रेस ज्याकेट समेत वितरण भइसकेको छ ।

फोटो : कृष्ण फुरुम्बो