रौतहटका ७ स्थानीय तहमा कोरोना संक्रमण

0
Shares

सञ्जय कार्की,रौतहट ।

रौतहटको १८ स्थानीय तह मध्ये सात नगरपालिकामा कोरोना भाईरसको संक्रमण देखिएको छ । मङ्गलबार मात्रै २२ जनामा देखिएपछि रौतहटमा मात्रै ७० जनामा कोराना भाईरसको सक्रमण देखिएको छ ।

उपचार पछि ३ जना निको भएर घरफर्किसकेका छन । प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले दिनुभएको जानकारी अनुसारमा मङ्गलबार चार नगरपालिकाको २२ जनामा कोरोनाभाईरसको संक्रमण देखिदा ३ जना बालबालिका रहेका छन ।

रौतहटको गौर, देवाही गोनाही, गरुडा र राजेदेवी नगरपालिकाका स्थित क्वारेन्टाइनमा बसेका २२ जनामा कोरोना भाईरसको संक्रमण देखिएको हो । यसअघि राजपुर, ईशनाथ, बृन्दाबन, नगरपालिको क्वारेन्टाईनमा बसेकाहरुमा कोरोना भाईरसको सक्रमण देखिएको थियो ।

मङ्गलबार देखिएका कोरोना भाईरसको सक्रमणमा सदरमुकाम गौरस्थित जुद्ध मावि क्वारेन्टाइनमा पहिलो पटक ७ जनामा संक्रमण देखिएको छ भने देवाही गोनाही नगरपालिका स्थित क्वारेन्टाइनमा १३ जना, गरुडामा एक र राजदेवी नगरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ ।

स्थानीय तहले क्वारेन्टाईन बनाएपनि आईसोलेसन कम भएका कारण उनीहरु लाई काहा राख्ने भन्ने बिषयमा समेत जिल्ला सुरक्षा समिति अन्यौलमा परेको छ । कोरोना भाईरसको सक्रमण देखिएका सबै भारत बाट आएका नागरिक हुन ।

संक्रमितको ठेगाना भने प्रशासनले खुलाएको छैन । रौैतहटको क्वारेन्टाईनमा भारतबाट फर्केका नेपाली कामदारहरु २ हजार ७ सयका हाराहारीमा रहेका छन् ।