रुकुम घटनाको निष्पक्ष छानबिन गर्न अनेरास्ववियू सह-संयोजक तामाङको माग

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारवाही गर्न सरकारसँग माग गरेका छन् । शनिबार रुकुमपश्चिम चौरजहारी–८ मा कुटपिटबाट जाजरकोटका नवराज विश्वकर्मा र रुकुम चौरजहारी–१ कै टीकाराम विश्वकर्माको मृत्यु भएको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाही गरी पीडित परिवारप्रति कानूनी राज्यको अनुभूति दिलाउन आग्रह गरेका हुन् ।

एक्काईसौं सताब्दीको मानव समाज र मानव सभ्यतालाई नै लज्जित तुल्याउने गरि रुकुमको चौरजहारीमा भएको बर्बर हत्या गरिएको घटनाको तत्काल छानबीन गरि सत्यतथ्य पत्ता लगाई अपराधिलाई कानुनको दायरामा ल्याई दोषीलाई कडा भन्दा कडा सजाय गर्न नेपाल सरकार माग गरेका हुन् ।

यसरी नै जातीय भेदभाव तथा छुवाछूतका घटना बढ्दै जाने हो भने संवैधानिक व्यवस्था भएको र संयुक्त राष्ट्रसङ्घको पक्ष राष्ट्र भएको यो राष्ट्रले महङ्गो मूल्य चुकाउनुपर्ने अवस्थालाई दृष्टिगत गर्दै जातीय छुवाछूतको सवाललाई शून्य सहनशीलता प्रभावकारीरूपमा कार्यान्वयन गरियोस् भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँगको नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीय गाउँलेको कुटाइबाट नवराज र टीकारामको मृत्यु भएको थियो भने ४ जना व्यपत्ता भएकोमा १ जनाको शव फेला परेको छ भने अझै ३ जनाको खोजी कार्य भैरहेको छ । जन्ती गएका ११ जना घाइते रहेकोे जनाइएको छ।