न्युयोर्क टाइम्स कोराना मृतकप्रति समर्पित


न्युयोर्क सिटी, (एजेन्सी) ।

अमेरिकाको चर्चित अखवार न्यु योर्क टाइम्सको आइतवारको पहिलो पृष्ठ यसको इतिहास मै पहिलोपटक ऐतिहासिक तर मार्मिक रहेको छ ।

विश्वव्यापी कोभिड महामारीले मानवको विनाश डरलाग्दो रुप लिएको छ । महारीका कारण अमेरिकामा मृतकको संख्या १ लाख नजिक पुगेको छ ।

तसर्थ न्युयोर्क टाइम्सले पहिलो पृष्ठ र भित्रका अन्य तीन पृष्ठ यस अकल्पनीय महामारीमा ज्यान गुमाउन पुगेका करिव १ हजार जनाको नाममा प्रकाशित गरी तिनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

यस अखबारले इतिहासमै पहिलोपटक पहिलो पृष्ठमा कुनै तस्वीर, समाचार तथा लेख, विज्ञापन वा अन्य कुनै पनि चिज छापेको छैन ।