बर्दियामा सात जनामा कोरोना संक्रमण

0
Shares

राजापुर ।

बर्दियाको गुलरिया नगरपालिकामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा गुलरिया –ं १ का १८ वर्षीय तथा वडा नं १० का २२ र २४ वर्षीय युवकमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

गुलरिया –१ का युवक भारतको बैंगलोरबाट आई शम्भुशरण माविको क्वारेन्टाइन बसी यही जेठ ९ गतेदेखि बर्दिया अस्पतालको क्वारेन्टाइनमा रहेका थिए । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रयागपुर क्वारेन्टाइनमा बस्दै आएका दुई जना पनि भारतबाट आएका हुन् । संक्रमित तीन जनालाई उपचारका लागि दाङ पठाइएको गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बताउनुभयो ।

यसअघि राजापुरकी –११ वर्षीया बालिका, गुलरिया –११ घर भई काठमाडौँमा रहेका एक पुरुष, बढैयाताल गाउँपालिका ७ का १९ वर्षीय पुरुष र बाँसगढी नगरपालिका –९का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

बर्दिया अस्पतालमा आकस्मिक सेवा मात्रै

गुलरिया (बर्दिया अस्पतालमा उपचार गराइरहेका १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवाबाहेक अन्य सेवा स्थगन गरिएको छ । गुलरिया –१ खैरापुरस्थित नेपाल राष्ट्रिय शम्भुशरण माविको क्वारेन्टिनमा रहेका युवकको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आइसोलेशन वार्डमा राखिएको थियो ।

आइसोलेशन वार्डमै रहेका बेला ती युवकमा कोरोना संक्रमण देखिएपछि आकस्मिकबाहेक सबै सेवा एक हप्ताका लागि स्थगन गरिएको अस्पताल विकास समितिका अध्यक्ष अंगद श्रेष्ठले जानकारी दिनुभयो ।