न्युयोर्क टाइम्स कोराना मृतकप्रति समर्पित

0
Shares

न्युयोर्क सिटी,एजेन्सी ।

अमेरिकाको चर्चित अखवार न्यु योर्क टाइम्सको आइतबारको पहिलो पृष्ठ यसको इतिहासमै पहिलो पटक ऐतिहासिक तर मार्मिक रहेको छ । विश्वव्यापी कोरोना महामारीले मानव विनाश डरलाग्दो रुपमा भइरहेको सर्वविदितै छ ।

अझ अमेरिकामा मृतकको संख्या १ लाख नजिक पुगेको छ । तसर्थ न्युयोर्क टाइम्सले पहिलो पृष्ठ र भित्रका अन्य तीन पृष्ठ यस अकल्पनिय महामारीमा ज्यान गुमाउन पुगेका करिव एक हजार जना व्यक्तिको नाममा प्रकाशित गरी तिनीहरु प्रति श्रद्धान्जली व्यक्त गरेको छ ।

यस अखवारको इतिहासमै पहिलो पटक पहिलो पृष्ठमा कुनै तस्वीर,समाचार तथा लेख , विज्ञापन वा अन्य कुनै पनि चिज छापिएको छैन ।