पुष्कर बुढाथोकी,भक्तपुर ।
कोरोना सन्त्रास र लकडाउनकाबीच भक्तपुरको पुरानो ठिमीमा एक महिलामाथि जबरजस्ती करणीमा संलग्नमध्ये एक आरोपी पक्राउ परेका छन् । करणीमा संलग्न अन्य ३ फरार रहेको प्रहरीको भनाई छ । यही जेठ ८ गते बेलुका भक्तपुरको पुरानो ठिमीमा डेरा गरी बस्ने अन्दाजी २२ वर्षीय युवक रोहित गिरीले २० वर्षीया एक महिलालाई ललाईफकाई आर्थिक प्रलोभनमा पारी आफ्नो डेरामा लगेका थिए ।
डेरामा लगेपछि उनले जबरजस्ती करणी गरेर आफ्ना साथी कवाङ लामा समेतलाई कोठामा बोलाएर चार जनाले आफूमाथि रातभर पालैपालो करणी गरेको पीडित महिलाले महानगरीय प्रहरी वृत्त ठिमी उजुरी दिए पछि घटना सार्वजनिक भएको हो ।
महिलाले दिएको हुलिया र बिवरणका आधारमा खोजतलास गर्दै जाने क्रममा कवाङ लामालाई पुरानोठिमी एरियामा लुकीछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
भक्तपुर जिल्ला अदालतबाट आज १० दिनको म्याद थप गरी उनी माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फरार रहेका रोहित गिरी लगायतको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया