हिटलरको पालेकाे गोहीको मृत्यु


मस्को (एजेन्सी)

अमेरिकामा जन्मेर दोस्रो विश्व युद्धको बमबारी हुँदै फेरी रुसको मस्को चिडियाखानामा बाँकी जिन्दगी विताएपछि ८४ बर्षको गोही सेटमको मृत्यु भएको छ ।

उक्त गोही कुनै बेला जर्मनीका तानासाह एडोल्ड हिटलरको पालतु भएको बताइएको छ । यसको कुनै प्रमाण नभएपनि यो मिथकसँगै उक्त गोही पर्याप्त चर्चित रह्यो ।

वास्तवमा सन् १९४३ मा बर्लिनको उक्त चिडियाखानामा भएको बमबारीमा जीवित बचेका केही जनावर मध्यको यो एक थियो । जसले एक सामान्य गोहीको तुलनामा धरै लामो जीवन विताए ।

बर्लिन जुमा यो आकर्षकको केन्द्र हुने गरेको बताइएको थियो । मस्को जुका पशुचिकित्सक दमित्री वसिल्यवका अनुसार यो गोही हिटलरलाई अत्यन्तै मनपरेकोमा कुनै संका थिएन । तर समय वित्दै जाँदा यो हिटलरको संकलनमा थियो भन्ने हल्ला फैलियो तर यसको कुनै प्रमाण छैन ।

आफनो जीन्दगीको अन्तिम बर्ष मस्को जुमा बिताउने सेटमले कयौं पटक मृत्युलाई धोका दिए । सन् १९८० मा उसको अत्यन्त नजिक कंक्रिटको स्ल्याब खसको थियो तर उ बच्न सफल भयो । एक आगन्तुकले उमाथि ढुंगा हिर्काउँदा कयौं महिनासम्म घाइते भएर बस्यो । दुई पटक रिसले खानपान छोडेर बसेका थिए ।

सेटमको जन्म सन् १९३६ मा मिसिसिपीको जंगलमा भएको थियो र उसलाई बर्लिनमा पठाइदिएको थियो । सन् १९४३ मा त्यहाँ बम विस्फोट भएपछि तीन बर्ष सम्म गायब भएको थियो । तर पछि बेलायत सैनिकले त्यसलाई फेला पार्यो ।

सन् १९९० मा जब सोभियत संघ धरासायी भयो सेटमको आंखामा आंश देखिएको बताइएको थियो । किनभने त्यतिबेला जब रुसको संसदमा हमला हुँदा उसलाई बर्लिन विस्फोटको स्मरण भएको थियो ।