लकडाउनले मृत्यु संख्यामा बृद्धी हुने नोबेल वैज्ञानिकको दावी


रोम (एजेन्सी)

नोबेल पुरस्कार विजेता वैज्ञानिक माइकल लेविटले कोरोना भाइरस लकडाउनका कारण मृत्यु संख्यामा तिब्र बृद्धी हुन सक्ने दावी गरेका छन् ।

नागरिकलाई घर भित्रै कैद राख्ने निर्णयले उनीहरु भित्र तनाव उत्पन्न गर्नु जस्तो भएको उनले बताए । स्टेनफोर्ड युनिभर्सिटीका यी वैज्ञानिकले कोरोना भाइरस महामारीको शुरुवाटलाई लिएर अत्यन्त सटिक भविष्यवाणी गरेका थिए ।

प्रोफेसर निल फग्र्युसनको एक सिद्धान्त अनुसरा यसबाट मृत्युको अनुमान १० देखि १२ गुण बढेको प्रोफेसर लेविटले बताए । लकडाउनका कारण महामारीको प्रसार नरोकिएको र यसले लाखांैको आजिविका नष्ट भएको उनले दावी गरे ।

प्रोफेसर लेविटले लकडाउनले कोरोना भाइरसबाट मानव जीवनको रक्षा नभएको बताउँदै यसले झन नोक्सान पुगेको बताए । यसले सडक दुर्घटनाबाट हुने मृत्युमा भने कमी आएको तर घरेलु अपराधमा पर्याप्त बृद्धी भएको छ । प्रोफेसर लेविटले सन् २०१३ मा रसायनशास्त्र तर्फको नोबेल पुरस्कार प्राप्त गरेको थियो ।

यसबीच प्रख्यात भौतिकशास्त्री जपी मार्गन र रणनितिकार मार्को कोलानोविकले त्रुटिपुण वैज्ञानिक प्रतिवेदनका आधारमा सरकारले लडकडाउन लागु गर्ने निर्णय लिएको बताए ।

यसले कार्यकुशलता प्रभावित भएको र लकडाउनको प्रभावमा पनि कमी देखिएकोे उनीहरुले बताए । लकडाउन हटाएपछि संक्रमणको दरमा गिरावट आएको बताउँदै भाइरसको आफनो गतिशिलता हुने सुझाव दिए ।