काठमाडौं, (नेस) ।
कोरोना भाइरसका कारण अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) का सेवानिवृत्त डाक्टरको मृत्यु भएको छ ।
कोरोना संक्रमण फैलिएपछि केही सातादेखि प्रिमियर अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका ती डाक्टरको मृत्यु भएको हो । एम्स अस्पताल पल्मोनोलोजी विभागका निर्देशक डाक्टर जितेन्द्रनाथ पाण्डेको कोरोना भाइरसका कारण ७८ वर्षको उमेरमा शनिबार मृत्यु भएको हो ।
डा. पाण्डे र उनकी श्रीमतीले मंगलबार स्वास्थ्य परीक्षण गराउँदा कोरोना भाइरसको लक्षण देखिएपछि घरमै आइसोलेसनमा बसेका थिए । एम्स अस्पतालका निर्देशक डा. रणदीप गुलेरियाले शनिबार पाण्डेको कोरोनाबाट निधन भएको सार्वजनिक गरेका छन् ।
दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले डाक्टर पाण्डेलाई ट्विटमार्फत श्रद्धाञ्जली दिँदै भन्नुभएको छ– ‘लामो समयसम्म एम्स अस्पतालमा काम गरेका डा. पाण्डेप्रति हार्दिक श्रद्धान्जली । सरकारी सेवाबाट सेवानिवृत्त भए पनि महामारीका बेला कोरोना नियन्त्रणमा अहोरात्र खटिनुभएको थियो । तपाईंलाई दिल्लीको सलाम ।’
अपोलो अस्पतालकी निर्देशक डाक्टर संगीता रेड्डीले कोरोना भाइरस सबैभन्दा खतरानाक भएको बताउँदै भन्नुभएको छ– ‘कोरोना भाइरसबाट सबैभन्दा बढी पीडित डा. पाण्डे हुनुभयो । हामीले चिकित्साजगत्का एक महान् हस्ती गुमाएका छौं । जुन धेरै दुःखलाग्दो छ ।’











प्रतिक्रिया