प्रहरीलाई हातपात गरेको अभियोगमा ४ पक्राउ

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर ।

प्रहरीलाई हातपात गरेको अभियोगमा सुर्यविनायक नगरपालिका ७ घ्याम्पेडाँडाबाट ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बा.१८ च ५८२५ नम्बरका कार चालक भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका २२ वर्षीय जिबन खनाल, भक्तपुर गोलमडी बस्ने ३१ वर्षीय योगेन्द्र लाखाजु र सूर्यविनायक नगरपालिका५ कटुन्जे बस्ने ४१ वर्षीय उपेन्द्र घिमिरे रहेको प्रहरीले जनाएको छ ।

सोही ठाउँमा महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट ड्युटीमा खटिएको प्रहरीले सूर्र्यिवनायकबाट घ्याम्पेडाँडातर्फ जाँदै गरको उक्त कारलाई जाँच गर्दा मादक पदार्थ सेवन गरी कारमा सवार उनीहरुलाई सम्झाई बुझाई गर्ने क्रममा वादविवाद गरी प्रहरीलाई हातपात गरेका प्रहरीले जनाएको छ ।

यसैगरी सूर्र्यिवनायक नगरपालिका६ घलाते चोकमा प्रहरीलाई हातपात गरेको अभियोगमा ललितपुर बडिखेल बस्ने २५ वर्षीय विकेस श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका विकेसले उक्त ठाउँमा ड्यूटीमा खटिएको प्रहरीलाई हातपात गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । दुबै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।