करेन्ट लागेर तनहुँमा महिलाको मृत्यु

0
Shares

न्युज अफ नेपाल,तनहुँ ।

म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा घाँस काट्ने क्रममा आइतबार बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । भोजपुर जिल्ला घर भई हाल कृष्ण रानाभाटको घरमा डेरा गरी बस्ने ५४ बर्षीया सीता राईको मृत्यु भएको छ ।

रुखमा चढि काटेको घाँस हाँगाले हाइटेनसन तारमा छुँदा करेन्ट लागि गम्भिर घाइते भएकी राईको उपचारको क्रममा दमौली स्थित रत्नहरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

महिलाको शव दमौली अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।