चीनले आफ्नो भूमि कब्जा गरेको भारतको आरोप

0
Shares

नयाँदिल्ली, (एजेन्सी) ।

लद्दाखस्थित चीन र भारतको सीमाक्षेत्रमा खटिएका दुई देशका सेनाबीच विवाद बढ्दै गएको छ । भारतले गलवान नदी क्षेत्रमा पर्ने सीमाका तीन स्थानमा चिनियाँ सेनाको बढी सक्रियता देखिएको बताउँदै आएका छ ।

शुक्रबार भारतीय सेना प्रमुख एमएम नाराभान आफै पूर्वी लद्दाखस्थित सिमानाको अवस्था बुझ्न भन्दै लेह क्षेत्र प्गेका थिए । भारतीय सेना प्रमुख नाराभान लेह पुगेको सुचना पाएलगत्तै चिनियाँ विदेश मन्त्रालयले सो क्षेत्र चीनको भूमि रहेको जनाएको छ । उक्त क्षेत्रमा चिनियाँ सेनाले विभिन्न बाधा पुर्‍याउदै आएको भारतीय सेनाले आरोप लगाएको छ ।

यतिमात्र नभएर भारतीय पक्षले आफ्नो भूमि पर्ने सो क्षेत्रका तीन स्थानमा चीनले कब्जा गरेको दावी गर्दै आएको छ ।