मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


न्युज अफ नेपाल, काठमाडौँ ।

टोखा नगरपालिकाको पञ्चेटारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहान साढे ५ बजेतिर सामाखुसीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ नम्बरका मोटरसाइकलका २२ वर्षीय चाल पासाङ तामाङ र टोखा झोरतर्फ बाट टोखा तर्फ आउँदै गरेको मोटरसाइकलका चालक २२ को मनोज दुलालको मृत्यु भएको हो।

विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकलमा सवार मथुरा दुलाल भने गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ। उनीहरू मध्ये एक जना आफन्तकहाँ र अर्का भने दूध लिएर गएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।