ट्रम्प काम नलाग्ने औषधि खाँदै

0
Shares

लन्डन, एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापि महामारीको रुपमा रहेको कोभिड १९ बाट बच्न प्रयोग गरिरहेको भन्ने औषधिले यस संक्रमणको शिकार रहेका बिरामीहरुको ज्यान जाने खतरा बढाइरहेको दावी लान्सेटले गरेको एक अध्ययनले देखाएको छ । यस अध्ययनले औलोका बिरामीहरु माथि प्रयोग गरिने हाइडा«ेक्सीक्लोरोक्वाइन औषधिले कोरोना भाइरस पिडितहरुलाई कुनै फाइदा नगर्ने जनाएको छ ।

तर ट्रम्पले भने विशव स्वास्थ संगठन ( डब्ल्युएचओ ) ले यसको सेवनबाट मुटुमा समस्याहरु आउन सक्ने चेतावनी दिए पनि आफुले निरन्तर यो औषधि लिइरहेको बताएका छन् । हाइड्रोक्सीक्लोरेक्वाइनको ठूलो परिमाणमा उत्पादन गने भारतले केहि दिन निर्यात रोक्दा ट्रम्पले भारतलाई चेतावनी दिएका थिए ।