विवादास्पद बेबी पाउरको बिक्री जारी

0
Shares

लन्डन,एजेन्सी ।

स्वास्थ्य स्याहार सम्बन्धी विभिन्न सामग्री उत्पादन गर्दैै आएको विश्व प्रसिद्ध जोहन्सन एन्ड जोहन्सन कम्पनीले आफ्नो टल्कमा आधारित जोहन्सन्स वबेबी पाउडरको बिक्रि वितरणलाई संयुक्त अधिराज्य लगायत विश्वका अन्य भागमा पनि निरन्तरता दिईरहेको छ । ।

धेरै समय अघि नै संयुक्त राज्य अमेरिका र क्यानाडामा यसको बिक्री माथि प्रतिवन्ध लागिसकेको छ । तर यस कम्पनीले वकिलहरुले लगातार ग्राहकहरुलाई कम्पनीसंग सो पाउडर प्रयोग गरे वापत क्षतिपुर्ति लिन प्रचारवाजी गरेकाले उत्तर अमेरिकामा यसको बिक्री खुम्चिएको दावी गरेको छ ।

जे एन्ड जेको यस पाउडरको प्रयोगबाट क्यान्सर हुन सक्ने दावी गरिँदै आएको छ । तर कम्पनीले आफ्नो उत्पादनको सुरक्षाबारे बलियो वकालत गर्दै आएको छ ।

यस कम्पनीलाई क्षतिपुर्ति वापत ग्राहकहरुलाई अर्वौं अमेरिकी डलर तिर्न आदेश दिइए पनि अहिले सम्म यस कम्पनीले अदालती निर्णय विरुद्ध सफलतापुर्वक अपिल गर्दै आएको छ । अमेरिकामा झण्डै २० हजार व्यक्तिले कम्पनी विरुद्ध मुद्धद्धा दायर गरिसकेका छन् ।